द्वन्द्वका घटनामा संलग्नलाई कडा कारवाही गरिनुपर्छ : देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

द्वन्द्वका घटनामा संलग्नलाई कडा कारवाही गरिनुपर्छ : देउवा


२४ जेष्ठ २०७५, बिहिबार


भक्तपुर । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालिन समयका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन्।

पूर्वप्रधानमन्त्री देउवाले शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा द्वन्द्वकालिन हत्याका घटनामा संलग्नलाई कडा कारवाही गरिनुपर्ने बताएका छन्  ।

उनले प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहेका जोन्छेंमाथि द्वन्द्वका नाममा उनकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कसैले पनि छुट दिन नहुने बताए ।

देउवाले शहीद जोन्छेंले छाडेर गएको काम सफल पार्नु आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस