२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना गाडी हटाउने निर्णय उल्ट्याउन चलखेल

अ+ अ-

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु भएको छ । यातायात व्यावसायीको दबाबमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले २० वर्ष पुराना गाडी हटाउने निर्णय उल्टाउन चलखेल सुरु गरेका हुन् । उनले २० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णयसम्बन्धी फाइल यातायात विभागबाट झिकाएका छन् । ‘यसबारे अध्ययन गर्न प्राविधिक कार्यदल बन्छ । त्यसले फलामको आयु तोक्ने काम गलत भएको रिपोर्ट दियो भने निर्णय उल्टाउन मन्त्रिपरिषदमा प्रस्ताव जान्छ,’ एक अधिकारीले भने ।

यातायात व्यवस्था विभागले गत फागुनमा २० वर्ष पुराना सवारी हटाउने निर्णय गरेको थियो । ती गाडी प्रदूषण बढाउनुसँगै सडक दुर्घटनाको प्रमुख कारक भएकाले विभागको दाबी छ ।

सरकारी तथ्यांकअनुसार यस्ता गाडी झण्डै १६ हजार छन्, जसमध्ये तीन सय गाडी ‘स्कर्याप’ गरिएको छ भने झण्डै सात हजार गुड्नै नसक्ने अवस्थामा छन् । करिब ८ हजार पुराना सवारी फागुनसम्म सडकमा गुडिरहकै थिए । यी गाडीहरू अहिले पनि तराई–मधेस र पूर्वका पहाडी रुटमा चल्ने गरेको पाइएको छ ।

२० वर्ष पुराना गाडी चलाउन पाउने माग गर्दै आएका एक यातायात व्यावसायीका अनुसार पुराना गाडी हटाउँदा तराईमा यात्रुहरूले दुःख पाएको देखेरै मन्त्री महासेठ निर्णय पुनर्विचार गर्न सहमत भएका हुन् ।

‘यो निर्णयले आठ हजार गाडी थन्किए । व्यावसायीको करोडौंको लगानी जोखिममा पर्यो,’ ती यातायात व्यवसायीले भने, ‘यसबारे मन्त्रीज्यूको ध्यानाकर्षण गराएपछि उहाँ पुनर्विचार गर्न सकारात्मक हुनुहुन्छ ।’
सरकारले राजधानीमा २० वर्ष सार्वजनिक सवारी हटाउने निर्णय भए पनि अन्यत्र रोकेको थिएन । त्यही मौकामा केही गाडी रातारात स्कुल बस बनाइएका छन् । केही बाहिर पठाइएको छ । पछिल्लो समय देशभर पुराना गाडी चलाउन रोक लगाएको छ । तर, व्यावसायीहरूले पुराना गाडी स्क्र्याप नगरी राखेका छन् ।

गाडी गुडाउन पाउनुपर्ने भन्दै उनीहरूले विभागका धेरैपटक नीति परिवर्तन गर्न मागसमेत गरेका थिए ।