प्रधानसेनापति क्षेत्री बुधबार भारत भ्रमणमा जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानसेनापति क्षेत्री बुधबार भारत भ्रमणमा जाँदै


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं– भारतका सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री बुधवार भारतमा जाने भएका छन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानसेनापति क्षत्री छ दिने भारत जान लागेको जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले देहरादुनस्थित भारतीय सेनाको ‘इण्डियन मिलिटरी एकाडेमी’मा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको मुख्य अतिथिको रुपमा निरीक्षण गर्नेछन् ।

प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस