२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई

अ+ अ-

वीरगञ्ज । भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई ५० तथा ठेकेदारलाई २५ बुझाउने गर्छन् ।

भारतकै मझौलिया बस्ने नन्दु मुखिया र रामगढ्वा बस्ने बिर्जु साहले पनि यसैगरी रकम बुझाएर आफ्नो व्यापार गर्दै आएका छन् । मुखिया र साह एउटा प्रतिनिधि पात्र मात्र हुन । अहिले भारतको रक्सौलबाट अनार, स्याउ, आँप र लिचीको व्यापार गर्न फुटकर व्यापारी भन्सार कर्मचारी, नगर प्रहरी र पिठिया ठेकेदारको लागि दुहुनो गाई भएका छन् ।

ती भारतीय फुटकर व्यापारी मागे जतिको रकम दिएर आफ्नो व्यापार गर्दै आएका छन् । वीरगञ्जमा यस्ता व्यापार गर्ने भारतीय फुटकर व्यापारीको संख्या करिब पाँच सयको हाराहारीमा छ । उनीहरु बिहानै रक्सौलबाट आएर वीरगञ्जको मीना बजार, घण्टाघर, नारायणी अञ्चल अस्पताललगायत ठाउँमा व्यापार गर्दैआएका छन् ।

वीरगञ्ज महानगरपालिका मातहतमा रहेको नगरप्रहरीले माईथानदेखि मीनाबजार घण्टाघरसम्म सडकपेटीमा साइकल तथा ठेलामा व्यापार गर्नेसँग अवैधरुपमा रकम उठाउन थालेपछि ती व्यापारी आर्थिक मारमा परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले नगर प्रहरीले पैसा उठाइरहेको उजुरी आए कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।