२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले भन्यो-‘लुम्बिनी संरक्षण क्षेत्रका उद्योगहरू दुई वर्षभित्र अन्यत्र सार्नू’

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले लुम्बिनी संरक्षणका लागि बनाइएको पर्खालका १५ किलोमिटर दूरीभित्र धुलो, धुँवा र कार्बन उत्सर्जन गर्ने कुनै उद्योग स्थापनाको अनुमति नदिन सरकारका नाममा आदेश जारी गरेको छ ।

जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले त्यो क्षेत्रभित्र रहेका उद्योगहरूलाई पनि विस्थापित गर्ने नीति तय गर्न आदेश दिएको हो ।

औद्योगिक प्रवर्द्धन केन्द्रले १२ मंसिर, २०६६ अघि दर्ता भएर सञ्चालनमा आएका उद्योगको हकमा समेत स्थानान्तरण गर्ने नीति लिएको थियो । सर्वोच्च अदालतले त्यस्ता उद्योगको पूँजी, क्षमता बढाउने, विद्युत् क्षमता थप्ने लगायतका काम नगर्ने नीति कार्यान्वयन गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले १५ किलोमिटर दूरीभित्र रहेका र धुलो, धुँवा तथा कार्बन उत्सर्जन गर्ने उद्योगहरूलाई दुई वर्षभित्र बन्द गराउन आदेश दिएको हो । सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘धुलो, धुँवा वा कार्वनजन्य प्रदूषण उत्सर्जन गर्ने उद्योग तथा कलकारखाना बन्द वा स्थानान्तरण गर्दा बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षणमा समेत पर्याप्त ध्यान पुर्‍याउनु ।’

सर्वोच्च अदालतले उद्योग स्थानान्तरण भएपछिको खाली जग्गामा पर्यटनमैत्री व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहुलियत रूपमा सुविधा दिन आदेश दिएको हो । न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले बुधबार संक्षिप्त आदेश जारी गरेको हो ।

लुम्बिनी संरक्षणका लागि दक्षिणमा भारतसम्म अनि पूर्वपश्चिम र उद्योगतिर १५ किलोमिटरको दूरीमा १९ टनभन्दा बढीका सवारीसाधन नचलाउन पनि सर्वोच्चले आदेश दिएको छ । उसले लुम्बिनी भैरहवा करिडोर सडकको दायाँबाट ८०० मिटर क्षेत्रमा पनि त्यही मापदण्ड लागु गर्नु भनेको छ ।