२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद किराँतीले भने-‘सौर्य एयरलाइन्स दुर्घटनामा चित्तबुझ्दो रिपोर्ट आएन’

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको उनले बताए ।

चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँपल्ट छानबिन हुनुपर्ने उनको भनाइ छ ।

‘गैर नागरिक उड्डयन हो । चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरु प्यासेन्जर पनि जहाजमा हालिएको छ,’ उनले भने, ‘रिपोर्ट आयो के भने सबैकुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो । टेक्निकल कुरामा के भयो भन्ने मात्रै रिपोर्ट आयो । केके हुनु हुँदैन थियो भन्ने आएन ।’

एक महिनाअघिदेखि ग्राउण्डेड जहाजमा को मान्छे लैजानु हुँदैन थियो भन्ने कुरा नै उल्लेख नरहेको उनले बताए ।

‘एक महिनाअघिदेखि ग्राउण्डेट जहाजमा को मान्छे लैजानु हुँदैन थियो, के गर्नुहुन्थ्यो, के गर्नु हुँदैन भन्ने कुरा रिपोर्टमा आएन । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन गर्नुपर्छ,’ उनले भने, ‘संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरबाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन ।’

सांसद किराँतीले जहाजको ढोका राम्रोसँग लाग्दैन भन्दा एक पटक गएर आउ अनि बनाउँला भन्ने किसिमको लापरबाही हुने गरेको बताएका छन् ।