काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ।
अस्पतालले बुधवार सूचना प्रकाशन गरी स्वास्थ्य सेवातर्फ पाँचौँ तहको स्टाफ नर्स पदमा केही संख्या दरखास्त आह्वान गरेको हो।
आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र अस्पतालको प्रशासन शाखामा दरखास्त फाराम बुझाउनु पर्ने समितिले जनाएको छ ।








