२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

अ+ अ-

काठमाडौँ । सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । 

उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उनलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो ।

गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताउनुभयो । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकाले न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न न्यायिक जाँच गर्नुपर्ने पत्रमा भनिएको छ ।

गृहमन्त्री लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको खतिवडाले जानकारी दिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना हुँदा खतिवडाका तीन सन्ततिसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।