२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन

अ+ अ-

काठमाडौं । गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ ।

सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ ।

आव २०७३/७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत् उत्पादन गरेको थियो । गत वर्षभन्दा यस वर्ष विद्युत् उत्पादन बढी हुनुपर्ने भए पनि यस वर्ष जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्दा उत्पादनमा कमी आएको हो ।

गत वर्ष माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट ५० मेगावाट र अन्य आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भएको थियो । गत वर्ष ज्याग्दी खोला दुई मेगावाट, ठुंगन–ठोस्ने ४.३६ मेगावाट, दरौदी खोला ६ मेगावाट, खानी खोला दुई मेगावाट, मिया खोला एक मेगावाट, माथिल्लो मोदी २५ मेगावाट र हेवा खोला ‘ए’ १४.९ मेगावाट सम्पन्न भएको थियो ।

चालू आवको आठ महिनामा भने अपर माई ‘सी’ ५.१ मेगावाट, ढुंगे जिरी ०.६ मेगावाट, सभा खोला चार मेगावाट, पुवा खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट, थापा खोला १३.६ मेगावाट, सर्दिखोला चार मेगावाट, चाकेखोला २.८ मेगावाट, मिदिमखोला तीन मेगावाट, स्यौरीभूमि ०.२ मेगावाट र चमेलिा ३० मेगावाटका आयोजना मात्रै सम्पन्न भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी मार्फत सरकारको समेत लगानी रहेका ७१० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।

दुई सय ९२ किलोमिटर प्रसारण लाइन थप

गत वर्षको आठ महिनाभन्दा चालू आवको आठ महिनामा २९२ किलोमिटर प्रसारण लाइन थप भएको छ । गत वर्ष विद्युत् प्रसारण लाइन तीन हजार २०४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएकामा यस वर्षको आठ महिनामा तीन हजार ४९६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

आव २०७२÷७३ मा विद्युत् प्रसारण लाइन दुई हजार ८४८ सर्किट किलोमिटर रहेको थियो । प्रसारण लाइन निर्माणमा जोड दिएको बताए पनि वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणमा देखिएको समस्या तथा स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो । प्राधिकरणले प्रसारण लाइन निर्माणमा विशेष जोड दिएको बताए पनि रणनीतिक महत्वका ४५ प्रसारण लाइन निर्माणमा गति पैदा हुन सकेको छैन ।

अधिकांश प्रसारण लाइनमा समस्या देखिएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो ।

विद्युत् ग्राहक ६ लाखले बढे

दुई वर्षको अवधिमा विद्युत् ग्राहकको संख्यामा ६ लाखले बढोत्तरी भएको छ । आव २०७२/७३ मा २९ लाख ६९ हजार ५७६ बाट ५.१ प्रतिशतले बढेर गत आवमा ३१ लाख २१ हजार ९०२ पुगेको थियो भने चालू आवको आठ महिनामा ३५ लाख ९२ हजार पुगेको छ ।

प्रत्येक वर्ष विद्युत्को ग्राहक बढ्दै गएकाले नेपालभर नै विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य पूरा गर्न थप सहज हुने भएको छ । ग्रामीण क्षेत्रका कूल १० घरमध्ये तीन घरमा अझै पनि ऊर्जाको पहुँच नपुगेको सन्दर्भमा ती क्षेत्रका नागरिकलाई सहज विद्युत् आपूर्तिका लागि सरकारले अझै मिहेनत गर्नुपर्ने देखिएको छ ।

ऊर्जा मन्त्रालयले केही समयपहिले सार्वजनिक गरेको श्वेतपत्रमा आगामी पाँच वर्षभित्रै विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रासस