२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु’-राष्ट्रपति ट्रम्प

अ+ अ-

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्ध विराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् । 

ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्ध विरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन।

युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर-सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ । 

भेटवार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी एक सन्देशमा लेख्नुभएको छ,  “अलास्कामा एक महान् र धेरै सफल दिन!” 

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता निकै राम्रो भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र नेटोका अति सम्मानित महासचिवलगायत विभिन्न युरोपेली नेताहरूसँग अबेर राति भएको फोन वार्ताल पनि सकारात्मक काम गरेको छ,” सन्देशमा भनिएको छ।

उनले भने, “भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सबैले निर्धारण गरेका छन् । यसको अर्थ सीधै शान्ति सम्झौतामा जानु हो । यसले युद्धको अन्त्य गर्नेछ ।” 

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताएका छन् । “यदि सबै कुरा सोचेजस्तो भएमा हामी राष्ट्रपति पुटिनसँग बैठक गर्नेछौँ,” ट्रम्पले भने । जेलेन्स्कीले यसअघि सामाजिक सञ्जालमा ट्रम्पको प्रस्तावको समर्थन गरेका थिए ।

उनले लेखेका छन्, “हामी युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठकका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको समर्थन गर्दछौँ। युक्रेनले प्रमुख मुद्दाहरू उच्च पदस्थ नेता स्तरीय बैठकमा छलफल गर्न सकिन्छ । यसको लागि त्रिपक्षीय ढाँचा उपयुक्त छ।”