२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’ : मन्त्री न्यौपाने

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन् । 

तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने अनि स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता जनाइन्। 

मन्त्री न्यौपानेले भनिन्, “स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ । एक सय ७३ स्थानीय तह निमित्तको भरमा सञ्चालित भएका रहेछन् । त्यसलाई सुधार गरिनेछ । अन्यभन्दा तराईमा बढी समस्या देखिएको छ । निमित्तलाई शून्यमा झारिनेछ ।” 

भनसुनका आधारमा कर्मचारी सरुवा वा बढुवा नहुने बताउँदै उनले नीतिगत रूपमा यसलाई सुधार गर्दै लैजाने उल्लेख गरिन् । 

मन्त्रालयको काम सरुवा र बढुवा मात्रै गर्ने हो कि भन्ने आभास आमजनतामा भइरहेको बताउँदै मन्त्री न्यौपानेले भनिन्, “म मन्त्रालयको नीतिगत सुधारमा अगाडि बढेको छु । यसका लागि प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिइसक्नुभएको छ ।” 

सुशासन कायम गराउँदै पारदर्शी सेवा प्रवाहमा सबै कर्मचारी, स्थानीय, सरोकार भएका निकायलगायतको सहयोग अपरिहार्य रहेकामा उनले जोड दिइन् ।

मन्त्री न्यौपानेले एक सय स्थानीय तहमा समयमै बजेट नआएकाले तीन वटा सहसचिवको नेतृत्वमा टोली खटाइएको जनाउँदै सहजीकरण र समन्वय भइरहेको उल्लेख गरिन् । 

उनले भनिन्, “जनप्रतिनिधि र कर्मचारीको भागबण्डा नमिल्दा बजेट रोकिएको अवस्था रहेछ । त्यस्ता ठाउँमा बजेट ल्याउन सहजीकरण गरिएको छ । केही पालिकाले बजेट ल्याइसकेका छन्, केही पालिकाले समय तोकेका छन् ।”