२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-‘सरकारले हाम्रो कुरा सुन्न चाहेन’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले रास्वपा र राप्रपालाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको छ।

सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको बैठकमा आफूहरूले संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।

उनले भने, ‘हामीले उहाँलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरेका छौँ। संसद्को सदस्य भए पनि नैतिक जिम्मेवारी र दायित्व पनि हो उहाँहरूको। संसद्ले नियमित रूपमा तलब भत्ता पनि बुझाएको छ। त्यसैले उहाँले नैतिक रूपमा पनि संसदीय गतिविधिमा भाग लिनुपर्छ भनेर आग्रह गरेका छौँ। बाँकी कुरा उहाँहरूको हो।’

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले सदन चलाउन प्रयत्न गरिराखेको बताए। रास्वपा र राप्रपाले भिजिटि भिसा प्रकरणमा उच्च स्तरीय संसदीय वा न्यायिक छानबिन समितिको माग गर्दै दुई महिनादेखि सदन बहिस्कार गर्दै आइरहेको छ।

तर, सत्तापक्षले आफूहरूको माग सुन्न नचाहेको उनले बताए।

परियारले थपे, ‘सभामुखले त विगतमा पनि पहल गर्नुभएको हो। मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, सत्ता सञ्चालन गर्ने दलहरूले नै हाम्रो माग सुनुवाइ गर्न चाहनुभएको छैन। तर सभामुखज्यूले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो। जनमत लिएर आएका दलहरू सदन बहिस्कार गनेर जानु राम्रो होइन। भन्नुभयो सत्तापक्षलाई पनि मलाई पनि भन्नुभयो।’

उनले आफूहरू संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्न तयार रहेको बताए।