काठमाडौँ । नेकपा एमाले कोशीले विधान महाधिवेशनका निम्ति सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।
धनकुटामा सम्पन्न प्रदेश बैठकबाट प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन भएको हो ।
‘यो कार्यदलले १४ वटै जिल्लाबाट आएको सुझावलाई संकलन गरेर पार्टी केन्द्रमा पठाउनेछ’, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने ।
२०-२२ भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव अपानि-१२ मार्फत मातहतका कमिटीमा एमालेले पठाएको छ । उक्त अपानिका समावेश अन्तर्वस्तु र अरु सुझावलाई संकलन गर्न एमालेका कमिटीहरू सक्रिय बनेका छन् ।
जसअन्तर्गत धनकुटामा प्रदेश कमिटी बैठक बसेको थियो ।







