२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका तीन लाख बढी पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप

अ+ अ-

झापा । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । 

गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रूपमा फैलिएपछि कोशीका १४ जिल्लामा तीन लाख ३७ हजार ३०१ पशुलाई नि:शुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिए ।

झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ । उनका अनुसार कोशीमा हालसम्ममा २४ हजार ८६१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् भने ७६९ मरिसकेका छन् । 

उनले गत वैशाखदेखि हालसम्म झापामा ९९ हजार ६७४, मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, उदयपुरमा १५ हजार ७३०, इलाममा ४१ हजार २८६,  खोटाङमा चार हजार २९१, भोजपुरमा आठ हजार ६१५, ताप्लेजुङमा पाँच हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा नौ हजार ७९४ पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप दिइएको उनले बताए ।  

“यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भने, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर नि:शुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।” उनले रोग देखा नपरेका ओखलढुङ्गा र सोलुखम्बुका तीन हजार ७०० गाई, गोरु र राँगा, भैँसीमा खोप दिइएको जानकारी दिए । 

यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् । सूचना अधिकारी साहले रोग लागेको पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्न पशुपालकहरुलाई आग्रह गरेका छन् ।