२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

अ+ अ-

वीरगञ्ज (पर्सा) । पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । 

दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फर्छ्योट भएका छन् । गत आवमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन् । 

जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार  जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन् । घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकालेसमय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् । वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ । 

जिल्ला अदालतका अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फर्छ्योट  भएका छन् । बयालीस वटा मुद्दा भने फर्छ्योट हुन बाँकी छन् । गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फर्छ्योट भएका छन् भने ४२ वटा  फर्छ्योट हुन बाँकी छन् ।