२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा ‘भिजिटर’ पास वितरण रोक, यात्रु सहायता कक्षको व्यवस्था

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार यहीँ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको छ ।”

विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्ध वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।

साथै ह्विलचियरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजीकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गरिदिनु हुनसमेत अनुरोध गरिएको छ ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मंगलवारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको ब्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ”, उक्त सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।