२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोसिमा कार्कीले भनिन्-‘सह-महामन्त्री पदमा मेरो दाबी छैन’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह-महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् ।

हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको विरोध नगरेको उनले बताएकी हुन् ।

बैठकमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सह-कोषाध्यक्ष दीपक बोहरालाई सह-महामन्त्री बनाउने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव बैठकको एजेन्डामै नभएकोले आफूले अस्वीकार गरेको उनले बताएकी छिन् ।

‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होइन । साथै, रिक्त सह–महामन्त्रीमा मेरो दाबी होइन,’ सांसद कार्कीले भनेकी छिन्, ‘हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौँ ।’

पार्टीले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रूपले इच्छुक-योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्ने आफ्नो मत रहेको पनि उनले बताएकी छिन् ।

केन्द्रीय समिति बैठकमा भएका छलफलको नालीबेली बाहिर ल्याएको भन्दै उनले आपत्ति जनाएकी छिन् ।

‘पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ,’ तोसिमाको तर्क छ ।

उनले आफूलाई गलत साबित गर्नेकी पद-लोलुप जस्तो नदेखाइदिन पनि आग्रह गरेकी छिन् ।

‘कृपया कसैले पनि गलत भाष्य बनाएर मलाई पदलोलुप जस्तो नदेखाइदिनु होला । यो सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन,’ सांसद कार्कीले भनेकी छिन् ।

आफूले कुनै पदमा दाबी गर्नुपर्ने चुनावबाटै गर्ने पनि उनले बताएकी छिन् ।