काठमाडौँ । दायाँ हाते स्पिनर युवराज खत्री कर्णाली याक्समा आबद्ध भएका छन्।
क्याटगोरी बी का खेलाडी युवराज खत्री १० लाख रुपैयाँमा कर्णाली याक्समा आबद्ध भएका हुन्। उनको लागि ५ वटा टिमले १० लाखको बोली लगाएका थिए।
लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्सले अधिकतम १० लाखको बोली लगाएका थिए। युवराज लक्की ड्र मार्फत कर्णालीको पोल्टामा परेका हुन्।







