काठमाडौँ । कर्णाली प्रदेशमा सत्ता साझेदार दलको सम्यन्त्रको बैठक सुरु भएको छ। पछिल्लो समय सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नकपा एमालेबिच देखिएको असमझदारी देखि रहेको समयमा दुई दलकाबिच बैठक बसेको हो।
नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यालयमा उक्त बैठक सुरु भएको छ। बैठक दुई दलविच देखिएको असमझदारीको विषयलाई लिएर बैठक बसी रहेको आकलन गरिएको छ।
दुई दिनअगाडि नेकपा एमाले कर्णाली प्रदेशको बैठकले काँग्रेससँग सत्ता साझेदार दलको जस्तो व्यवहार हुन नसकेको निष्कर्ष निकालेको थियो भने शुक्रबार सुर्खेतको एक होटेलमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही कार्यक्रममा उपस्थित भएर बिचैमा उठेर हिँडेपछि सो कार्यक्रम नै स्थगित भएको थियो।
पछिल्लो समय नेता शाहीले सरकार विरुद्ध आवाज उठाउँदै आएका छन। यही विषयलाई लिएर सत्तारुढ दलको सम्यन्त्रको बैठक बसेको हो। बैठकमा काँग्रेस नेता शाही, मुख्यमन्त्री यामलाल कँडेल काँग्रेस कर्णालीका सभापति ललितजंग शाही र एमाले कर्णालीका अध्यक्ष गुलावजंग शाही प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको बैठकमा सहभागिता रहेको छ।







