काठमाडौँ । अमृत साइन्स क्याम्पसको स्ववियुले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने भएको छ ।
शैक्षिक वर्ष २०८२/२०८३ को लागि स्नातक तहमा बीएस्सी, सीएसाइटी, बीआईटीको प्रवेश परीक्षाको तयारी कक्षा नि:शुल्क गराउन लागेको हो ।
सीएसआईटीमा १४४ र बीआइटीमा ३६ सिट भएकाले आइटी पढ्न चाहने विधार्थिहरुको लागि स्वतन्त्र विद्यार्थी युनियनले दुई महिने नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले बताए।
‘अस्कलमा विद्यार्थीहरूको आइटी पढ्ने सपना र दुर्गम ठाउँबाट आएका ,गरिब तथा जेहन्दार बिद्यार्थीहरुको लागि तयारी कक्षा सञ्चालन गरेका हौँ।,’ उनले भने ।
विज्ञप्ति :








