२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल-६ का विष्णुप्रसाद बगाले र गंगाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीको टोलीले कमल-७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मंगलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।

बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता
यसैबीच, प्रनाउ तिमल्सिनाले कमाण्ड सम्हालेयता छ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । गत माघ १ गतेदेखि हालसम्म लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको उनले उल्लेख गरे ।

उनका अनुसार गत माघ १ देखि हालसम्म ब्राउन सुगर ६१ ग्राम ७०० मिलिग्राम, ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ । प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गरे ।

उनका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता भई नौ जना पक्राउ, कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् ।

त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकामा एघार जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उनले जानकारी दिए।