२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइमा अध्यक्ष वैद्यले भनिन् ‘आर्थिक वृद्धिमा योगदान दिइरहेको मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाएको बताइन् । यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौँ नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाइ छ।

उनका अनुसार विशेष गरी हरित प्रविधिमा आधारित सवारीसाधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्राविधिक प्रशिक्षण र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएका छन्।

अध्यक्ष वैद्यले भनिन्, ‘हामीले विद्युतीय सवारीसाधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौँ। युवाहरूलाई रोजगारी योग्य बनाउन आवश्यक सीप दिने उद्देश्यले श्रम शक्ति विकास अभियानमा नाइमा सक्रिय रूपमा लागेको छ। ’

उनले नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको बताइन् । गुणस्तरीय सेवा, जनशक्ति विकास र सहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पुर्‍याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्ने अध्यक्ष वैद्यको भनाइ छ।

बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ। एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको नाइमाले जनाएको छ।

एक्स्पोमा १५ दुई पाङ्ग्रे, १५ चार पाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारीसाधन सार्वजनिक गरिनेछ। यस प्रदर्शनीस्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपत्कालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ।