२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कडा रोग लागेकालाई दिइने औषधि खर्चमा गरिएको विभेदप्रति एमालेले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । मुख्य सचेतक महेश बर्तौलाले सरकारले चार प्रकारका दीर्घ रोगीलाई दिइँदै आएको मासिक ५ हजार रुपैयाँको सहुलियतमा गरिबीको परिचयपत्र अनिवार्य गर्ने प्रावधानले गम्भीर समस्या निम्त्याएको भन्दै तत्काल कार्यविधि सच्याउन माग गरेका छन् ।

उनले बिरामी भएपछि धनी व्यक्ति पनि आर्थिक रूपमा कमजोर हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।

मुख्य सचेतक बर्तौलाले संसदमा आकस्मिक समयमा बोल्दै यही व्यवस्थाका कारण २५ जिल्लाका कैयौँ पीडित बिरामीहरू राज्यले दिने सुविधाबाट वञ्चित भएको उल्लेख गरे ।

नेपाल सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।

तर, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधिअनुसार गरिबीको परिचयपत्र वितरण भएका जिल्लाहरूमा यो सुविधा लिन परिचयपत्र अनिवार्य गरिएको छ ।

उनले भने, ‘परिचयपत्र वितरण हुँदा गरिब नभएका तर पछि यी रोग लाग्दा आर्थिक रूपमा विपन्न बनेका नागरिकले परिचयपत्र नभएकै कारण सहुलियत पाउन सकेका छैनन् । यो अव्यवहारिक छ । रोगको प्रकृति हेरेर सुविधा दिनुपर्नेमा जोड दिँदै धनी र गरिबको आधारमा विभेद गर्न नहुने बताए ।

२५ वटा जिल्लाहरूमा परिचयपत्र भएका बिरामीले मात्र भत्ता पाउने तर अन्य जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा पाउने व्यवस्थाले असमानता सिर्जना गरेको बर्तौलाको भनाइ छ ।

मुख्य सचेतक बर्तौलाले यो जटिलतालाई तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै रोगका आधारमा सबै पीडितले समान रूपमा स्थानीय तहको सिफारिसमा मासिक ५ हजार रुपैयाँ पाउने गरी कार्यविधि संशोधन गर्न माग गरेका छन् ।