२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनुमानढोकामा रहेको प्रहरीको पुरानो भवन भत्काइने

अ+ अ-

काठमाडौँ । २०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाडौं बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको छ । भूकम्पले जीर्ण भएको उक्त भवनमा रातो स्टिकर लगाइएको थियो ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाबीच भएको भेटपछि भवन भत्काउने निर्णय भएको महानगरले जनाएको छ ।

मेयर शाहको सचिवालयका अनुसार, ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी समेत उपस्थित छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको नेपाल प्रहरीको पुरानो भवन थियो ।

त्यसक्रममा २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ ।

‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,’ मेयर शाहले भने ।

यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मेयर शाहलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्त्वपूर्ण छन् ।’

बैठकमा काठमाडौं महानगर–२७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको छ । अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले भने, ‘सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ । महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउन सकिन्छ ।’