२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौंँदीमा विद्युतीय उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरेको छ । 

बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ । 

“कुनै पनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो उपकरणमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको ‘मोनिटर’मा घटना भएको स्थानसहित जानकारी हेर्न सकिन्छ”, सशस्त्रका सहप्रवक्ता थापाले भने । 

यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानकाबारेमा जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुनेछन् । सो उपकरणबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीयलाई प्रयोगको तरिका र अवस्थाबारे जानकारी गराएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी नारायणघाटबाट नागढुंगासम्मका स्थानीय तथा सो क्षेत्रमा विपत्मा परेका र घटना/दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमानसमेत लुना जिपिएसको एस डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् । 

“एसभित्र रहेको एसओएस बटनमा थिचेपछि त्यसभित्र रहेको चार वटा एम्बुलेन्स, बाढी पहिरो, आगलागी र दुर्घटनाका विकल्पहरू देखिने छन्, त्यसमा कुन प्रकृतिको घटना हो, सोही विकल्पमा थिचेपछि कसले कुन घटनाबारे जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालयमा जानकारी प्राप्त हुनेछ”, सहप्रवक्ता थापाले भने । उनका अनुसार सो एसलाई डाउनलोड गरी अफलाइनमार्फत समेत जानकारी गराउन सकिनेछ । 

नारायणघाटबाट नागढुंगासम्मको क्षेत्रमा मात्र प्रयोग गर्न सकिने उक्त मोबाइल एसले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारका लागि सहजताका साथै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने उनले विश्वास व्यक्त गरे ।