काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योगका लागि निवेदन दिन सक्ने भएका छन् ।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो।
बोर्डका अनुसार साउन २० गते दिउँसो १:०० बजेदेखि साउन २९ गते साँझ ५:०० बजेसम्म पुनर्योगका लागि परीक्षार्थीले अनलाइन फाराम भर्न सक्नेछन् ।








