काठमाडौँ । ८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत शाखा अधिकृतहरू तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो।
जसमध्ये ३७ जना शाखा अधिकृतहरु रहेका छन् भने ४८ जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् ।







