२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्ने

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताएका छन् ।

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चार मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । 

हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उनले बताए ।

बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने सञ्चार मन्त्री गुरुङले बताए । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताए ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत बिस्केट, हाँडी गाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर (ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवि मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर(गोरखा), बैतेश्वर महादेव मन्दिर(दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्रौँ/तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शंकरदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट (विसं १९३५–२०८२ं पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ ।

विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्ताबेज बन्दै आएको बताइन् । उनले देश विदेशमा प्रचार गर्ने र पर्यटन प्रवर्द्धन हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिइन् ।