काठमाडौँ। सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उक्त कानुन खारेजीको माग गर्दै बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् ।
आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।
प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक(पटक माइतीघरमा अनशन बसिसकेकी छिन् ।
आफ्नै प्रेमीबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालीमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन ।
२५ मंसिर ०७६ मा भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भएको थियो । त्यसपछि रामेछापस्थित श्रीमानको घर गएपछि उनीमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ ।







