२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ किरण विकले गरे उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखनमार्फत रुपन्देही र काठमाडौँमा सक्रिय रहको उनले बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै ३१ वर्षीय विकले आफूले विगतमा जनआन्दोलन, गणतन्त्रको स्थापना, धर्म निरपेक्षताको स्थापना लगायतका कार्यमा आफ्नो ठाउँबाट योगदान पुर्‍याएको बताएका छन् ।

संविधान निर्माण र संघीयताको कार्यान्वयनजस्ता महत्त्वपूर्ण राजनीतिक घटनाक्रमहरूको साक्षी पुस्ता भएको भन्दै उनले भनेका छन्, ‘मेरो उम्मेदवारी पुरानालाई लखेट्न मात्र होइन, नयाँहरूलाई सुधार्न पनि हो ।’

आफू उदारलोकतन्त्रवादी, खुला समाजको समर्थक, महिला, मधेसी , जनजाति , मुस्लिम , दलित , थारू , अपांग र अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायको पक्षधर रहेको उनको भनाइ छ ।

भैरहवालाई क्रिप्टो भ्याली बनाउने, भैरहवालाई आर्थिक राजधानी घोषणा गर्न, भैरहवालाई अन्तर्राष्ट्रिय मनोरन्जन पर्यटकीय सहर बनाउने, लुम्बिनी महानगरको अवधारणालाई लागू गर्न व्यवस्थित सहरीकरण गर्ने लगायतका उनका प्रतिबद्धताहरू छन् ।

रुपन्देही ३ लाई नेपालकै शैक्षिक हब बनाउने, रुपन्देही(३ लाई नेपालकै सबभन्दा गुणस्तर र सस्तो स्वास्थ्य सेवा प्रवाह गर्ने सहर बनाउने र स्वास्थ्य क्षेत्रमा देखिएको बढ्दो व्यवसायीकरण निजीकरणलाई रोक्ने काम भैरहवा बाट सुरु गर्ने पनि उनको प्रतिबद्धता छ ।

रूपन्देही-३ मा मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।