२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सभापतिबारे कसैलाई ग्रिन सिग्नल दिएको छैन’-देउवा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनका सभापतिको उम्मेदवारका लागि कसैलाई पनि समर्थन गर्ने वचन नदिएको बताएका छन् ।

सभापतिलाई भेट्न बुढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा सहभागी नेता गोपालमान श्रेष्ठले जानकारी गराए ।

नेताहरूको जिज्ञासामा सभापति देउवाले कोही कसैलाई आफूले समर्थन गर्ने नबताएको बताएका थिए ।

बैठकमा सभापतिसँग आफूले राखेको भनाइबारे श्रेष्ठले भने, ‘१४औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हुन्छु भनेको थिएँ । तपाईँले १५औँ महाधिवेशनमा मलाई बनाउने वचन दिनु भएको थियो । सोही कारण त्यसबेला मैले उम्मेदवारी छाडेको भन्दा उहाँ (देउवा) हाँस्नुभयो ।’

देउवालाई भेट्न नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत पुगेका थिए ।

सात जना पूर्वपदाधिकारी समूहमध्ये विमलेन्द्र निधि र डा. शशांक कोइराला भने भेटमा सहभागी थिएनन् ।

काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको कामको मूल्यांकन गरेर फिर्ता गर्न सुझाव दिइएको उनले बताए ।

‘राम्रो काम गर्नेलाई राख्ने र राम्रा काम गर्न नसकेका मन्त्रीलाई हटाउन सुझाव दिऔँ,’ श्रेष्ठले भने । बैठकमा सरकारको प्रभावकारिताका विषयमा पनि कुरा भएको उनले बताए ।

काँग्रेसका सात पूर्वपदाधिकारीले आगामी महाधिवेशनमा छुट्टै समीकरण बनाउने गरी निरन्तर भेटघाट गर्दै आएका छन् ।

त्यसै क्रममा सोमबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका थिए ।

सिंह निवासमा भएको छलफलको आधारमा सरकार र सभापति देउवालाई काँग्रेस-एमाले बीचमा भएको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले नेताहरू बुढानीलकण्ठ पुगेका थिए ।