भतिजाको हत्या आरोपमा पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भतिजाको हत्या आरोपमा पक्राउ


८ जेष्ठ २०७५, मंगलबार


सप्तरी । आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय आनन्द चौधरी छन् । उनले राती सुतेका अवस्थामा ३० वर्षीय अजय चौधरी को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

गत वैशाख २५ गते गाउँकै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयमा झगडा भएको थियो । झगडापछि आक्रोशित बनेका आनन्दले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार रहेका आनन्दलाई प्रहरीले लहानबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस