२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यान प्रहरीमा डा. हेमबहादुर केसीको स्वागत, केशरकुमार न्यौपानेको बिदाइ

अ+ अ-

सल्यान । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाण्डौँबाट जिल्ला प्रहरी कार्यालय, सल्यानमा काज–सरुवा भई आएका प्रहरी नायब उपरीक्षक(डीएसपी) डा. हेम बहादुर केसीको औपचारिक स्वागत गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय, सल्यानमा कार्यालय प्रमुखको रूपमा कार्यरत रही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काज–सरुवा भई जान लागेका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेलाई बिदाइ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, सल्यान परिवारको तर्फबाट आयोजित कार्यक्रममा फेरी अर्को व्यावसायिक एवं साङ्गठनिक चौतारीमा भेट्ने सङ्कल्पका साथ न्यौपानेलाई खादा, अबिर र मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाईहरूमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत, हवल्दार र जवानहरूको उपस्थिति रहेको थियो।

स्वागत तथा बिदाइ कार्यक्रम पारस्परिक सम्मान, सहकार्य र सङ्गठनप्रतिको प्रतिबद्धताको अभिव्यक्तिको रूपमा सम्पन्न भएको जनाइएको छ।