२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको  विकास गर्नुपर्ने बताएका छन् । 

गायक अरुण थापामगरको २६औँ स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले आज ‘स्रष्टा सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम’मा मन्त्री पाण्डेले नेपाल आफैँमा जीवित सांस्कृतिक सङ्ग्रहालय रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन पनि हाम्रै दायित्व भएको बताए। समुदायस्तरमा सञ्चालन हुने यस्ता सांस्कृतिक कार्यक्रमले नेपालीपनको भावनालाई थप सुदृढ बनाउने उनले धारणा व्यक्त गरे । 

संघका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर थापाले मगर समुदायको सांस्कृतिक चेतना अभिवृद्धिमा संघ क्रियाशील रहँदै आएको जानकारी दिए। साथै, स्व  थापामगरले मगर समुदाय मात्र नभई सम्पूर्ण नेपाली संगीत क्षेत्रमै पुर्‍याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उनको स्मृति भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए ।

कार्यक्रममा विभिन्न साहित्य, सङ्गीत, नृत्य र कला क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो । साथै, मगर समुदायको मौलिक नृत्य, गीत र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको  थियो ।