काठमाडौँ । नेपाली काँग्रेसका सात जना पूर्व पदाधिकारीहरूको बैठक चाक्सीबारीमा बसेको छ।
काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा उनीहरूको बैठक बसेको हो।
बैठकमा प्रकाशमान सिंहसहित विजय गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशशरण महत सहभागी छन्।
काँग्रेसको आगामी महाधिवेशनमा रणनीति बनाउन सात जना पूर्वपदाधिकारीको बैठक बसेको एक नेताले बताएका छन्।







