२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…….

अ+ अ-

धनगढी । प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै डा. रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँदाहुँदै पनि बैठकमा पङ्खा चल्ने व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको बताए ।

प्रदेशसभा की ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले आफ्नो घरमा आठ दिनदेखि बन्द भएको बिजुली सञ्चालन हुन नसकेको भन्दै गर्मीकै कारण पङ्खा भएको अर्को घरमा डेरा सर्नु परेको बाध्यता सुनाइन् ।

विद्युत् प्राधिकरणका प्रमुखलाई आठ दिनदेखि अवरुद्ध बिजुली सञ्चालन गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शाहले बैठकमा प्रश्न गरिन्, “प्रदेशका माननीयहरुको सुनुवाइ त हुँदैन, सर्वसाधारणले व्यहोरिरहेको समस्याको सुनुवाइ कसरी हुन्छ ।”

केही दिनयतादेखि बढेको चरर्को गर्मीका बीच आइतबारको प्रदेशसभा बैठक कक्षमा रहेका अधिकांश पङ्खा बन्द हुँदा पसिनाले असिन पसिन हुँदै सहभागीहरु सास्ती व्यहोरिरहेका देखिन्थे ।

प्रतिपक्षी बेन्च र पत्रकार बस्न बनाइएको दीर्घाका पङ्खा नचलेको देखिएपछि एक मर्यादापालक ‘पावर’ नभएको जवाफ दिइरहेका थिए । सत्ता पक्षीय बेन्चतर्फ चलेका केही पङ्खाले तातो हावा फ्याँकिरहेको थियो ।

सत्ता पक्षका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले भनिन्, “बैठक चलिरहँदा गर्मीले खलखली पसिना आउँछ, कतिखेर सदन सकिएला र बाहिर निस्कौँला भन्ने लाग्छ ।”

गर्मीका कारण प्रदेशसभा भवनको दर्शक र पत्रकार बस्न बनाइएको दीर्घामा उपस्थिति घट्दै गएको छ ।

प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बजेटको निकासा गर्न भएको ढिलाइका कारण प्रदेशसभा बैठकमा ‘एसी’ जडानको व्यवस्थापन गर्नमा ढिलाइ भएको बताए।

“गर्मी बढेको छ, बत्तीको पावर नै छैन,” सचिव शर्माले भने, १५ दिने सूचना निकालेर बैठक कक्षमा एसी जडानको व्यवस्थापन गर्न लागेका छौँ ।”

केही दिनदेखि बढेको गर्मीका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । गर्मीका कारण खास गरी वृद्धवृद्धा, विद्यालयका बालबालिका र दैनिक मजदूरी गरेर खाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । नेपालगञ्ज, सिमरा र धनगढी बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् । रासस