२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो वर्ष अख्तियारले दुई तिहाइ मुद्दामा पायो सफलता

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ ।

विशेष अदालतले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा फैसला भएकामध्ये दुई तिहाइ मुद्दामा अख्तियारको दाबी कुनै न कुनै रूपमा ठहर भएको छ ।

गत साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला भएकोमा ८७ वटा मुद्दामा अख्तियारले गरेको दाबी ठहर भएको बताइएको छ । ४२ वटा मुद्दामा भने सबै आरोपितहरूले सफाइ पाए ।

अख्तियारले यो वर्ष मुद्दाको सङ्ख्याका आधारमा पाएको सफलता करिब ६६ दशमलव ९२ प्रतिशत हो । अख्तियारको सफलताको ठूलो हिस्सा भने घुस र नक्कली प्रमाणपत्रका मुद्दाले ओगटेको छ ।

रंगेहात घुसका ३४ वटा मुद्दा फैसला भएकोमा २८ वटामा आरोपितहरू दोषी ठहर भएका छन् ।

त्यस्तै ३३ जना विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा चलेकोमा २८ जना दोषी ठहर भएका छन् । ४ वटा सम्पत्ति शुद्धीकरणका मुद्दा भने अख्तियारसँग सम्बन्धित छैनन् ।

रंगेहात घुस र प्रमाणपत्र बाहेक अरू मुद्दामा भने अख्तियारको सफलता आधाजस्तो मात्रै छ । निर्णयगत अनियमिततामा ५६ वटा मुद्दा फैसला भएकोमा २७ वटा मुद्दामा आरोपितहरू दोषी ठहर भएका छन्, २९ मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् । यो वर्ष फैसला भएका दुई वटा गैरकानुनी सम्पत्तिका मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् ।