सामाजिक सुरक्षा भत्तामा हिनामिना गर्ने वडासचिव पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सामाजिक सुरक्षा भत्तामा हिनामिना गर्ने वडासचिव पक्राउ


६ जेष्ठ २०७५, आइतबार


pakrau

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडा सचिवलाई पक्राउ गरेको छ ।

आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आइतबार पक्राउ गरेको हो ।

सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस