२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । सुर्खेतमा ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका-१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र बाँके कोहलपुर नगरपालिका-११ मा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार, असार ३० गते दिउँसो १स्३० बजे वीरेन्द्रनगर-१० शान्तिटोलबाट ठकुरीलाई ६ थान हजार दरका नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सोही दिन साँझ रामबहादुर सिंह र ठकुरीको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू फेला पारिएको प्रहरीको भनाइ छ।

त्यसैगरी, असार ३० गते राति थप अनुसन्धानको क्रममा भेरीगंगा-१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथबाट ११ पोका गिलो पदार्थ (अफिम जस्तो देखिने) गरी कुल ११ किलो ३७२ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ।

असार ३१ गते बिहान ८:३० बजे लागुऔषध तथा नक्कली नोट सम्बन्धी अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका-११ स्थित न्युरोडमा रहेको मनबहादुर सहकारीको मिडिया कार्यालय तथा बसोबास गरिरहेको कोठाबाट प्रहरीले थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध, नोट बनाउने क्यानन प्रिन्टर, कम्प्युटर सेट, क्यामेरा, कार्ड डिटर, चिप्स मेमोरीजस्ता सामग्रीहरू समेत फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेकामाथि लागुऔषध तथा मुद्रा अपचलन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।