२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको आपत्ति-‘विकास भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजियो’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाएका छन् ।

बुद्धशान्ति गाउँपालिका-४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताएका हुन् ।

“गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा ? १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उनले भने, “नेपालकै तेस्रो लामो झोलुंगे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?”

उनले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गरे । उनले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए ।

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गरे । उनले आफ्नो आग्रहलाई स्विकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गरे ।

आज बुद्धशान्ति गाउँपालिका-४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए ।

भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताए। दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गर्नुभएको थियो । कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए ।

यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताए। यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपुर्जा वितरण गरेको तथ्यांक आयोगमा रहेको उनको भनाइ छ । उनका अनुसार कतिपय व्यक्तिहरूले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनीपुर्जा समेत वितरणमा ढिलाइ भइरहेको छ ।

झापामा विसं २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उनले जानकारी दिएका छन् ।