६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोगजारीमा ठगिएकाको उजुरी बढ्दै

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ ।

सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो । गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा बढी मलेशियामा २८३, साउदीमा १६७, कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा दुई, बहराइनमा तीन, नेपालमा २६० र अन्य मुलुकमा ठगिएको १० वटा उजुरी परेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा सञ्चालित छ ।

वैदेशिक रोजगारीका लागि प्रलोभनमा पारेर ठगी गरिएका ७३ वटा उजुरीमध्ये १२ वटा समाधान भएको र बाँकी अझै समाधानकै प्रक्रियामा रहेको परियोजना सहजीकरण गर्ने संस्था इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताए ।

उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउने कानून भनेजस्तो नहुनु, ठग्ने एजेन्टलाई सम्पर्कमा ल्याउनै मुस्किल हुनुजस्ता घटनाले ठगिएकालाई न्याय दिलाउन कठिन भएको बताइएको छ । सबैभन्दा बढी युएईमा ३० जनाको लाख ५७ हजार ठगी भएकामा २२ लाख २० हजार फिर्ता गराइएको छ ।

अधिकांश आफ्नै नातागोता, चिनेजानेका तथा छिमेकीबाट ठगिएको पाइएको जानकारी दिँदै उक्त परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, सम्झौता अनुसारको तलब नदिने र फ्री भिसा, फ्री टिकट भएका देशमा पनि एक डेढ लाख रुपैयाँसम्म लिएर ठग्ने क्रम धेरै देखिएको बताए ।

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र पारिश्रमिक भनेजस्तो नहुँदा वैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । इन्द्रेणी सामाजिक विकास मञ्च र हेल्वेटासको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा ठगिएकाको उजुरी आउने गरे पनि ठगिएको प्रमाण कम हुने हुँदा समस्या समाधान गर्न कठिन भएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताए ।
उक्त मञ्च र हेल्वेटासले सूचना तथा परामर्श केन्द्रबाट वैदेशिक रोजगारीमा जानेहरू नठगिउन भनी मध्यस्तकर्ताका रुपमा काम गर्दै आएको छ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीलाई लक्षित गरी कावासोती र परासीमा सो परियोजनामा सञ्चालन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस