२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री गुरुङ स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । 

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चार मन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चारवटा मुख्य सत्रमा सहभागी भएको थियो ।

यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा कसरी सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिन्छ र अहिलेको एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए ।

त्यस्तै, नेपालले यस सम्बन्धमा देखा परेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले त्यसमा सहयोग गर्न पनि सञ्चार मन्त्री गुरुङले सम्मेलनमा आह्वान गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि विज्ञ सल्लाहकार डा. शालिग्राम पराजुलीले जानकारी दिए।

सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे विचार-विमर्श गरेका थिए । नेपालमा सूचना प्रविधि, ऊर्जालगायतका क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको उल्लेख गर्दै मन्त्री गुरुङले कोइला प्रयोग गरेर बिजुली निकाल्नुको साटो जलविद्युत्मा लगानी गर्न आग्रह गरेका थिए ।

सम्मेलनका क्रममा रोबोटिक्स प्रतियोगिता आयोजना गरिएकामा सिनियर समूहमा च्याम्पियन र जुनियर समूहतर्फ नेपाल विश्वमा दोस्रो बन्न सफल भएको विज्ञ सल्लाहकार पराजुलीले बताए । मन्त्री गुरुङले नेपालको सूचना तथा प्रविधि क्षेत्रमा लगानीका लागि विभिन्न संघसंस्थाका प्रतिनिधिलाई आग्रह गरेका थिए ।