२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७१ दशमलव ४८ प्रतिशत खर्च गरेको छ ।

चालु आवका लागि रु. ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार विनियोजन गरेकामा रु. ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

उक्त खर्चमध्ये पुँजीगततर्फ रु. २१ अर्ब २९ करोड ७९ लाख ३१ हजार र चालुतर्फ रु नौ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ ३४ दशमलव ०६, श्रम तथा यातायात मन्त्रालयतर्फ ३८ दशमलव १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ ४३ दशमलव ५५ प्रतिशत र अर्थ मन्त्रालयतर्फ ८३ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको छ । 

यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ७८ दशमलव दुई प्रतिशत, वन तथा वातावरणतर्फ ७७ दशमलव ४५, शिक्षा तथा संस्कृतितर्फ ७७ दशमलव ३१, उद्योग, वाणिज्य तथा पर्यटनतर्फ ७३ दशमलव ६५, ऊर्जा सिँचाइ तथा खानेपानीतर्फ ७५, गृह, सञ्चार तथा  कानुनतर्फ ७२ दशमलव नौ, खेलकुद तथा समाज कल्याणतर्फ ६९ दशमलव ३१ र स्वास्थ्य तथा जनसङ्ख्यातर्फ ६५ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको छ । 

यसअघि, मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५१ दशमलव ७५ प्रतिशत, आव २०७६/७७ मा ४० दशमलव ४६, आव २०७७/७८ मा ६५ दशमलव ४६,  आव २०७८/७९ मा ५७ दशमलव ३२, आव २०७९/८० मा ५५ दशमलव ६४ र २०८०/८१ मा ५५ दशमलव ६४ प्रतिशत मात्र बजेट खर्च भएको थियो । 

चालु आवमा सात वर्षको तुलनामा सबैभन्दा बढी खर्च भएको हो ।