२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कुटपिट प्रकरण: निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारविरुद्ध जाहेरी 

अ+ अ-

कुटपिटपछि त्रसित कर्मचारीहरूले बिहीबारदेखि नै पालिकामा पेन डाउन  गरेका छन् । माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ ।

काठमाडौँ । आफूहरूमाथि कुटपिट भएको भन्दै निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारविरुद्ध कर्मचारीहरूले जाहेरी दिएका छन् ।  

सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरूले आफूहरूमाथि कुटपिट भएको भन्दै निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका सल्लाकार अनिल भगतविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दिएका हुन् । 

अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइलहरू लेखा शाखामा चाँडै नपठाएको भन्दै निलम्बित मेयर र कार्यवाहक मेयरका सल्लाहकारले आफूहरूमाथि कुटपिट गरेकाले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको प्रशासन शाखा प्रमुख प्रधुम्न प्रसाद पोखरेलले प्रशासनलाई बताए ।  

प्रशासन शाखा प्रमुख प्रधुम्न प्रसाद पोखरेलले चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन बुधबार पालिकाका कर्मचारीहरूमाथि कुटपिट भएको बताए । उनका अनुसार, गुप्ता र भगतले प्राविधिकहरू सुनिल यादव, विनोद कुमार यादव, मनोज कुमार चौधरी, आइटी इन्जिनियर मो. तमन्ना र चालक हरि भगतलाई कुटपिट गरेका हुन् ।  

कुटपिटपछि त्रसित बनेका कर्मचारीहरूले आफूहरूको सुरक्षा व्यवस्था नमिलाइए र दोषीमाथि कारबाही नगरिए नगरपालिकामा काम गर्न नसक्ने बताएका छन् । बिहीबारदेखि पालिकाका कर्मचारीहरूले पेन डाउन गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । 

आफूहरूमाथि कुटपिट भएको भन्दै नगरपालिकाका कर्मचारीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष ज्ञापन पत्र बुझाउँदै सुरक्षाको माग गरेका थिए । दाहालले कर्मचारीहरूले काम गर्ने वातावरण मिलाई दिन आग्रह गरेको पत्र आफूकहाँ पुगेको बताएका छन् । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।