काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका तत्कालीन सर्वेक्षकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकन गरेको छ।
मंगलबार अख्तियारले नापी कार्यालय, दमकका तत्कालीन सर्वेक्षक बिनोद कुमार मण्डल रहेको मुद्दामा सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएको हो।
मण्डलमाथि जग्गाको कित्ता एकीकृत गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको थियो। अख्तियारका अनुसार उनले सेवाग्राहीबाट आर्थिक लाभ उठाई नापीसम्बन्धी प्रक्रिया सहज बनाइदिने आश्वासन दिएका थिए।







