२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रभावितको उद्धार गर्न सांसदहरूको माग

अ+ अ-

काठमाडौँ। सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विपद्को पूर्वतयारीलाई तीव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे।

सांसद वर्षमान पुनले मनसुनजन्य विपद्को तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएकामा जिज्ञासा राखे।

सांसद डिगबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भए पनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए। सांसद दीपा शर्माले देशभर प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरे।

सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको क्षति बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए। सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।

सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरे। सांसद दीपक गिरीले कोभिड–१९ को कहरपछि मुलुक आर्थिक संकटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे।

सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले र वासुदेव घिमिरेले पनि मनसुनजनय घटनामा वृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपत्कालीन उद्धार तथा राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तै आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्मा, सांसद देवेन्द्र पौडेल, सांसद अर्जुननरसिंह केसी, सांसद ईश्वरबहादुर रिजाल, सांसद विमला सुवेदी, सांसद प्रकाशशरण महत, सांसद सीता मिजार र सांसद डा.अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरूको उद्धारमा ढिलाइ नगर्न आग्रह गरे।

यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरूले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकालिनुपर्ने बताए।

सांसद प्रभु हजारा, सांसद प्रभु साह र सांसद दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराए। मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उनीहरूले माग गरे।

यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरी जिल्लामा खानेपानीको हाहाकारसँगै मल र खादको पनि अभाव रहेकाले समस्याको सम्बोधन गर्नुपर्ने बताए।

सांसद हरिप्रासद उप्रेतीले उखु किसानहरूले अनुदान नपाउँदा उद्योगहरू बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुको पैसा र अनुदान पाउनुपर्ने बताए। सांसद धनबहादुर बुढा, सांसद कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्को ध्यानाकर्षण गराएका छन् । ‘