६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलोत्तमा नगरपालिकामा बजेटबारे छलफल

अ+ अ-

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया सुरु गरेको छ ।

नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

बजेट चारैतिर छर्नुभन्दा देखिने गरी पूर्णरूपमा सम्पन्न हुने गरी योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरूले बजेटमा शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई विशेष महत्वका साथ समावेश गरिनुपर्ने सुझाव दिए ।

बजेट, नीति तथा कार्यक्रमले भएका सडकहरूको सुधार, विपन्न समुदायको उत्थानमा सहयोग, आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन, किसानलाई मल, बीउबिजनमा विशेष सहुलियत जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने सहभागीले सुझाव दिएका छन् ।

यस्तै, फोहोरमैला व्यवस्थापन, सामूहिक कृषि प्रणाली, स्वास्थ्य बीमा, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, पर्यटन प्रवद्र्धन, खेलकुदलगायतका विषयलाई पनि यथोचित सम्बोधन गर्नुपर्ने उनीहरूले सुझाए ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई बढी महत्व दिएर बजेट विनियोजन गर्न चाहेको उल्लेख गरे ।

नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाबारे जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आगामी बजेटको कुल आकार एक अर्ब १९ करोड रूपैयाँ हुने प्रक्षेपण गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस