२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्रबहादुर कार्कीले भने-‘हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैन’

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् ।

बिहीबारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ ।

‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ, जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ,’ उनले भने, ‘न्यून स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई आवासीय कार्यक्रम राखेर बाफिया विधेयकमा छलफल गर्नुपर्छ ।’

कृषिमा आधारित अर्थतन्त्र रहेको देशमा चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं भन्नेबारे सोच्न उनले आग्रह गरे ।

उनले बैंकप्रति जनताको भरोसा बढेर जाने गरी काम गर्नुपर्ने बताए ।

‘बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हच्किएका छन् । उद्यमी व्यवसायीले पैसा लिने वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,’ उनले भने ।

ऋण लिन अहिले पनि जनतालाई सहज नरहेको उल्लेख गर्दै सांसद कार्कीले भने, ‘एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको छ ।’