२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’- खेलकुद मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको अधिकतम विकासका लागि सरकारले प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताएका छन् ।

‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा राष्ट्रिय सभा सदस्यले उठाएको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले स्रोतको अधिकतम उपयोग गरी खेलकुद क्षेत्र र खेलाडीको क्षमता वृद्धिका लागि काम गरिने बताए । आफ्नो मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङअनुसार समावेशी तवरले विनियोजन गरिएको भन्दै उनले उक्त रकम युवा तथा खेलकुद क्षेत्रको उन्नयनका लागि परिचालन गरिने उनले विश्वास दिलाए ।

राष्ट्रिय गौरवका रूपमा अगाडि सारिएका क्रिकेट रङ्गशाला निर्माणलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको काम उल्लेखनीय रूपमा अगाडि बढेको बताए । उनले मूलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालगायत १२ वटा रङ्गशाला बनाउन लागिएको उल्लेख गरे ।

फुटबल क्षेत्रका लागि कम्तीमा ५० वटा रङ्गशाला निर्माणको योजनासहित आवश्यक बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए । उनले खेल विधामा गाउँदेखि प्रतिभावान् खेलाडी पहिचान गर्ने गरी आवश्यक तयारी गरिएको बताए ।

भौतिक पूर्वाधारको विकास भई नसकेकाले १०औँ राष्ट्रिय खेलकुद तोकिएको समयमा सञ्चालन हुन नसकेको जनाउँदै शीघ्र सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले सो प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएकाले आगामी आवमा ऐतिहासिक रूपमा सम्पन्न हुने बताए । मन्त्री चौधरीले ७५३ स्थानीय तहमा स्काउटको समिति बनाउन लागिपरेको समेत जानकारी दिए ।