२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलले इरानको जेलमा आक्रमण गर्दा ७१ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ।

इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो।

‘इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ जनाको मृत्यु भएको छ, ’जहाँगीरले इरानको न्यायपालिका समाचार सेवा मिजानमा भने।

युद्धविराम घोषणा भएपश्चात पनि इजरायलले उक्त जेलमा आक्रमण गरेको इरानी पक्षको आरोप छ। उक्त जेलमा राजनीतिक कैदीहरू रहेको बताइएको छ। यसले इरानको सैन्य र आणविक मात्र नभएर इजरायलले त्यसभन्दा बाहिरको क्षेत्रलाई पनि टार्गेट बनाएको विश्लेषकहरूको भनाइ छ।

आक्रमणपछि बाँकी रहेका बन्दीहरूलाई तेहरान प्रान्तका अन्य जेलहरूमा स्थानान्तरण गरिएको छ। उभिन जेलमा विभिन्न विदेशी नागरिकहरू पनि थुनामा रहेका छन्। जसमा दुई फ्रान्सेली नागरिकहरू सेसिल कोहलर र ज्याक पेरिस रहेका छन्। उनीहरू तीन वर्षदेखि थुनामा छन्।

फ्रान्सका विदेश मन्त्री जीन नोएल ब्यारोटले आक्रमणको निन्दा गर्दै जेलमा रहेका आफ्ना नागरिक असुरक्षित रहेको बताएका छन्। उनले यस्ता कार्य अस्वीकार्य भएको बताएका छन्। यस आक्रमणको घोर विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायका विभिन्न निकायहरूले इजरायलको कदमलाई निन्दा गरेका छन्।